माइडियाको सामान किन्दा बलरामले जिते वासिङ मेसिन

56
Shares

काठमाडौं । माइडिया होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘न्यू एरा अफ स्मार्ट लिभिङ’ योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।

यस लक्की ड्र कार्यक्रम अन्तर्गत काठमाडौं निवासी बलराम कार्कीले मासिक उपहारको रूपमा ८ केजी माइडिया वाशिङ मेसिन जित्न सफल भएका छन् । उनले चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरबाट माइडिया उत्पादन खरिद गरी योजनामा सहभागीता जनाएका थिए । खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उहाँलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो।

माइडिया एक विश्वप्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो जसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ । नेपालमा माइडियाले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उपकरणहरू समावेश छन्। माइडियाका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जासक्षम प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँछ।