कर्मचारीसँग प्राधिकरणले माग्यो बिमा कम्पनीमा काम गर्ने आफन्तको विवरण

1.6k
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीमा कार्यरत एकाघर सदस्यको सूची माग गरेको छ ।

प्राधिकरणको केही दिन अगाडि बसेको सञ्चालक समितिको बोर्ड बैठकले बिमा कम्पनीमा कार्यरत आफ्ना कर्मचारीका परिवार सदस्यको सूची माग गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुसार प्राधिकरणका कर्मचारीहरुको परिवार सदस्यहरु कति र कुनकुन बिमा कम्पनीमा कार्यरत छन् भन्नेबारे जानकारी संकलन गर्न लागिएको हो । बिमा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको प्राधिकरणले सम्भावित हित–संघर्ष (कन्ल्फ्टि अफ इन्ट्रेस्ट) हटाउने उद्देश्यले यस्तो जानकारी मागेको हो ।

‘केही दिन अगाडिको बोर्ड बैठकले बिमा कम्पनीमा कार्यरत कर्मचारीको एकाघर सदस्यको सूची र जानकारी माग गरेछ,’ प्राधिकरण स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘तर, यसको जानकारी प्राप्त भइसकेको छैन । यो जानकारी संकलन भइरहेको छ ।’ उनले यो प्राधिकरणका कर्मचारी भित्र जारी गरिएको आन्तरिक सर्कुलर भएको बताए ।

प्राधिकरणले कर्मचारीको श्रीमान/श्रीमती तथा सन्तान वा एकाघर सदस्य कुन बिमा कम्पनीमा आवद्ध छन् भन्ने विवरण पेस गर्न भनेको हो । यो बिमा कम्पनीहरूसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धले नियमन प्रक्रियामा प्रभाव पर्न सक्ने आँकलनसहित उक्त विवरण माग गरिएको हुनसक्ने बताइएको छ ।