
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि. ले यही जेष्ठ १६ गतेका दिन आव ०८०/०८१ दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, संचालक सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा कम्पनीले साधारण सभा सम्पन्न गरेको हो ।
उक्त साधारण सभामा संस्थापक शेयरधनी, सर्वसाधारण शेयरधनी तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
उक्त सभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०८०/०८१ को वार्षिक प्रतिवेदन लगायत अन्य सामान्य प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ ।
सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित हुन भएको छ ।
प्रतिक्रिया