सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट समयअघि नै बाहिर आउने राष्ट्रिय रणनीति बनाउने सरकारको घोषणा

14
Shares

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणको सघन निगरानी सूची (ग्रे लिस्ट)बाट निर्धारित समयअगावै बाहिर निकाल्न सम्पत्ति शुद्धीकरण तथा आतंकारी कार्यका वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यन्वयन कार्ययोजना बनाएर काम गर्ने घोषण गरेको छ ।

भविष्यमा पनि यस्तो अवस्था नआउने गरी रणनीति बनाएर कार्यान्वयन गर्ने घोषणा सरकारले गरेको हो ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय जोखिम मूल्यांकन शिघ्र सम्पन्न गर्दै गम्भीर आर्थिक अपराधको अनुसन्धान र अभियोजनालाई तिव्रता दिने बताए ।

सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणको लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी नियमन प्राधिकरण लगायतका निकायको निगरानी, अनुसन्धान र कारवाहीलाई सबल बनाउने उनले बताए ।