
काठमाडौं । हिलटेक प्लास्टिक एन्ड पाइप उद्योगले ९ महिनाको अवधिमा २५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३५ करोड रुपैयाँ, सन् २०२३ मा ४४ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००९ मा स्थापना भएको कम्पनीले प्लास्टिकजन्य वाटर स्टोरेज सोलुसन र प्लम्बिङको सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उक्त प्लास्टिकजन्य सामग्री हिलटेक ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । जसका कम्पनीले दीर्घकालीन कजौका लागि ६३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १७ करोड रुपैयाँको रेटिङ गराएको छ ।
जितेन्द्र बैड प्रबन्ध निर्देशक रहेको कम्पनीले एचडीपीइ पाइप, डीडब्ल्यूसी पाइप र पीपीआर पाइप बिक्री वितरण गर्दै आएको छ । तर सन् २०२४ मा भने व्यापार २४ प्रतिशतले कमी आएको जनाएको छ ।
त्यसैगरी सन् २०२४ मा उत्पादन क्षमतामा पनि कमी आएको उल्लेख गरेको छ । सन् २०२३ मा १ हजार ३७ टन उत्पादन गरेको सन् २०२४ मा ६ सय ५४ टन मात्रै उत्पादन गरेको कम्पनीको भनाय छ ।
कम्पनीको व्यापारमा कमी आएसँगै नाफा पनि ३६ प्रतिशतले कमी आएको छ । कम्पनीले सन् २०२४ मा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।








प्रतिक्रिया