
काठमाडौं । नेपाल बिमा प्राधिकरणले ‘बिमा प्रतिबिम्ब’ सुरु गरेको छ । विभिन्न तथ्यांक तथा सूचना आम सर्वसाधारणले समेत बुझ्न सहज होस् भन्ने ढंगमा प्राधिकरणले बिमा प्रतिबिम्ब सुरु गरेको हो ।
बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार बिमासँग सम्बन्धित तथ्यांकहरु सहज ढंगमा मानिसले हेर्न तथा अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले बिमा प्रतिबिम्ब सुरु गरिएको हो ।
‘हामीले पहिलादेखि नै प्रकाशन गर्दै आएका तथा अन्य केही साधारण तथ्यांकहरु पढ्न सहज हुने ढंगमा राखेर मासिकरुपमा प्रकाशन गर्नेगरी बिमा प्रतिबिम्ब सुरु गरेका हौं,’ प्रवक्ता सुवेवीले भने, ‘यसले बिमा क्षेत्रको पारदर्शिता तथा नीति निर्माणदेखि अन्य धेरै कुरामा सहयोग गर्नेछ ।’
बिमा क्षेत्रमा मुख्य तथ्यांकहरुको विश्लेषणले बिमा क्षेत्रमा भएको प्रगति, चुनौतीहरू, तथा नीतिगत आवश्यकताहरूको पहिचान गर्न सहयोग पुग्ने उनको बुझाइ छ ।
मासिक तथ्यांक संस्करणमार्फत बिमा पहुँच, बिमकहरूको वित्तीय अवस्था, दाबी, बिमालेख संख्या, बिमाशुल्क संकलन लगायतका प्रमुख सूचकहरुको समावेश हुनेछ ।
यो विश्लेषण बिमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता, तथा नीतिनिर्माणका लागि आधार हुने बताइएको छ । बिमकहरु, नीति निर्माता, अनुसन्धानकर्ता, र आम सर्वसाधारणलाई उपयोगी जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको प्राधिकरणले जनाएको छ ।







प्रतिक्रिया