थकालीसहित अन्य ५ ब्रान्डको चामल बेच्ने सेन्चुरी फुडले एकै वर्ष गर्‍यो साढे २ अर्बको व्यापार

133
Shares

काठमाडौं । थकाली ब्रान्डसहित अन्य विभिन्न ब्रान्डको चामल बेच्ने सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगले एकै वर्ष साढे २ अर्ब बढीको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ५४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२४ मा उच्च कारोबार हुँदा १४ प्रतिशतले व्यापार भएको जनाएको छ ।

सन् २००१ मा स्थापना भएको कम्पनीले लङ ग्रेन राइस, जीरा राइस, बास्मती राइस उत्पादन गरी थकाली, मुबारक, सन्चो, कुहिनुर, सुवास साही र झमझम ब्रान्डमा चामल बिक्री वितरण गर्दै आएको छ ।

राजेन्द्रप्रसाद अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७६ करोड ४८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको देशभर ७ सय रिटेलर छन् ।