
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज (बुधबार) सुनुवाइ नहुने भएको छ ।
मंगलबारदेखि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त रहेकाले संयुक्त इजलास बस्न नसक्दा सुनुवाइ स्थगित भएको हो ।
मंगलबार लामिछानेको पक्षबाट अधिवक्ताहरू सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल र विवेक राउतले बहस गरिसकेका छन्। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस भने अझै बाँकी छ ।
त्यसपछि पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् । अन्त्यमा पीडित पक्ष र सरकारी वकिलहरूको बहस हुनेछ।








प्रतिक्रिया