
काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिले गत आर्थिक वर्षमा साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ। कम्पनीले सन् २०२४ मा ४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१७ मा स्थापना भएको कम्पनीले आन्तरिक हेलिकप्टरको सेवा प्रवाह गर्दै आएको छ।
सन् २०२२ मा पहिलो हेलिकप्टरबाट कारोबार गरेको कम्पनीले सन् २०२५ को मेबाट दोस्रो हेलिकप्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले चार्टर फ्लाइट, रेस्क्यू फ्लाइट, पिल्ग्रिमेज फ्लाइटको सेवा प्रवाह गर्दै आएको छ । काठमाडौं सिनामंगलमा कार्यालय रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ३६ करोड ७८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।
हाल कम्पनीले दुईवटा एच१२५ एयरबस हेलिकप्टरबाट सेवा दिँदै आएको छ । त्यस्तै कम्पनीले अर्को एयरबस थप्ने तयारी गरेको छ । जसमा कम्पनीले ७० प्रतिशत बैंकबाट कर्जा लिने भएको छ भने ३० प्रतिशत इक्विटीबाट लगानी हुनेछ ।
कम्पनीको अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ हुन् । उनी बाली क्यासिनो नेपालका प्रबन्ध निर्देशक पनि हुन् । साथै उनी अन्य विभिन्न व्यापार व्यवसायमा संलग्न छन् ।







प्रतिक्रिया