कालिमाटी तरकारी बजारः गान्टे मूला प्रतिकिलो ४० रुपैयाँ


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा आइतबार ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेँडा ६०, सानो गोलभेडा टनेल ७०, आलु रातो ३५, प्याज सुकेको ३८, लोकल गाजर ५५, तराई गाजर ३०, लोकल बन्दा १५, स्थानीय काउली ६०, मूला रातो ३५, लोकल सेतो मूला २०, हाइब्रिड सेतो मूला ३०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ३०, तने बोडी ७०, मकै बोडी ७०, मटरकोसा १००, लोकल घिउ सिमी ३०, हाइब्रिड घिउ सिमी ३०, राजमा १००, भटमास कोसा १००, तितो करेला ३०, लौका २०, लोकल परबर ६० र तराई परबर ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

चिचिण्डो ४०, घिरौला ३५, झिगुनी ७०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो ५०, हरियो फर्सी डल्लो २५, भिण्डी ३०, पिँडालु १००, रायो साग ५०, पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ३०, मेथीको साग ८०, प्याज हरियो ५०, च्याउ कन्ये १८०, च्याउ डल्ले ३२०, राजा च्याउ ३००, सिताके च्याउ ८००, कुरिलो ६००, निगुरो ३०, ब्रोकाउली ९०, चुकुन्दर ७०, सजीवन ९०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २१०, पार्सले ५००, सौफको साग ९०, पुदिना ३००, गान्टे मूला ४०, इमली १८०, तामा १००, तोफु १४० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो ३०, रुख कटहर ८०, अदुवा १२०, खुर्सानी हरियो ८०, अकवरे खुर्सानी ४००, भेडे खुर्सानी ७० र लसुन सुकेको नेपाली २०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।