
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।
मिश्रकी श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार भएको सुनुवाइपछि सर्वोच्च अदालतले उनलाई हिरासत मुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो ।
उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो।








प्रतिक्रिया