
काठमाडौं । शारडा ग्रुपको न्यूट्रि फुड्स प्रालिको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा १३ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ५४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२४ मा व्यापार घट्दा कम्पनीले १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२२ मा १ अर्ब २९ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा ९८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००१ मा पशुपति फ्लोर मिल्सको नाममा दर्ता भएको कम्पनी सन् २००६ मा नाम परिवर्तन गरी न्यूट्रि फुड्स प्रालि बनाइएको थियो ।
कम्पनीले सुपरम्यान, फारच्यून, एन्कोर र न्यूट्रिल्याक ब्रान्डको बच्चाको खाने सामग्री उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८० करोड ८२ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि १६ करोड २४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
विगत २२ वर्षदेखि बालबच्चाको खाने वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीको क्षमता सन् २०२३ को तुलनामा घटेको छ । कम्पनीले वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, अष्ट्रेलिया र क्यानाडाबाट आयात गर्ने गरेको जनाएको छ ।







प्रतिक्रिया