
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटन कार्यक्रमका लागि प्रचण्डसहित अन्य शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला डडेलधुरा पुगेका थिए । सो अवसरमा देउवासँग टेलिफोन संवाद भएको जानकारी प्रचण्डले शुक्रबार सञ्चारकर्मीसमक्ष दिएका हुन् ।
प्रचण्डले भने, ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्ला हो भनेर उहाँले मलाई स्वागत गर्नुभयो । अभियान सफल होस् भन्ने शुभकामना दिनुभयो । अन्य दलका नेताहरूबाट पनि हामीलाई न्यानो स्वागत प्राप्त भएको छ ।’
दुई नेताबीचको टेलिफोन संवाद शुक्रबार बिहान भएको हो ।
प्रतिक्रिया