लोडसेडिङ हुन लागेको होइन, हिजो साँझ यसकारण धेरैबेर काटियो बिजुली (भिडियो)

917
Shares

हिजो साँझ काठमाडौं उपत्यका सहित देशका कतिपयस स्थानमा बिजुली गयो । हामी भारतको प्रणालीमा निर्भर छौं, जसका कारण समस्या देखियो । हिजोको घटनाले त्यही देखायो । माघको मध्यदेखि जेठको पहिलो हप्ताको बीचमा हामी भरनेवल हुँदा रहेछौं । भारतको सिस्टम आएन भने प्रणालीमा कमजोर हुने रहेछौं भन्ने हिजोको घटनाले देखायो ।

ढल्केवर–मुजफ्फरपुर लाइन जब ८ बजे आयो तब अन्य पावर हाउसलाई सिन्क्रोनाइज गर्दै गयौं र कुलेखानी, मर्स्याङ्दी, अपर तामाकोसी सञ्चालन भएपछि सवा ८ बजेपछि बिजुली आएको थियो । त्यसपछि रिस्क नलिन हामीले वरिपरिका लोडहरु जस्तै बालाजु, पाटन, चपलितिरका लोडलाई अलिक पछाडि सिन्क्रोनाइज गर्‍यौं । सिस्टम डिस्टर्भ भएर मध्यम र पूर्वतिरका पावरहाउस बन्द भएकाले सिन्क्रोनाइ गर्न समय लागेकाले प्रावधि रुपमा समस्या भएर बिजुली बन्द भयो ।

बिजुली जानु प्राविधिक समस्याले भएको हो । चक्रवातका कारण धेरै स्थानमा हावाहुरीले एकैपटक ढल्केबरबाट पश्चिमतिर, ढल्केबरबाट मुजफ्फरपुर भारतिर पनि दुईवटै सर्किट ट्रिप हुने गरि एकैपट आउँदा त्यतिधेरै यस्तो घटना घट्दैन ।

जलवायु परिवर्तनले सानो क्षेत्रमा हावाहुरी र पानी आउने भइरहेको छ । यस्तो घटना देशका कतिपय स्थानमा हिजो भएको छ ।

हिजो केही घण्टा प्राविधिक समस्याले बिजुली काटिनु कुनै लोडसडिङ होइन । फेरि झ्यापझ्याप बत्ति गयो इन्भर्टर र व्याट्रीको खोजीको कुरा सामाजिक सञ्जालमा आएको छ। यसको भ्रममा नपर्नुस् । यसलाई सुधार गर्न प्रयासरत छौं । यस्ता प्राविधिक कठिनाइ आजको भोलि सुधार हुँदैन । यस्ता कमजोर अवस्था आउन समय लाग्छ र सुधार गर्न नि समय लाग्छ ।

हामीले लगानी गरिरहेका छौं । लाइनहरु बनिनै रहेका छन् । केही पनि नबनेको होइन । हाम्रो सिस्टम जुन गतिमा बढ्यो त्यसअनुसार सुधार हुन सकेन । अहिले ३५ सय मेगावाट उत्पादन गर्ने क्षमता पुगेको छ २४ मेगावट सिस्टमको छ । २ हजार मेगावाट राइटनाउ छ । त्यो सिस्टमसँगसँगै हामी दौडन सकेनौं । प्राधिकरणको प्रसारण लाइन दौडन सकेन त्यो यथार्थ हो।

कसैले यो घटना घटनाएको होइन । आन्तरिक कमजोरीले भएको हो । प्राधिकरणको संरचनामा लगानी गर्नुपर्ने अवस्था छ । यतिबेला प्राधिकरणसँग पैसा नभएर काम रोकिने हो भने ऊर्जा क्षेत्रमा ठूलो समस्या र संकट ल्याउँछ । जुन रुपमा उत्पादन बढ्दै गर्दा प्रसारण नेटवर्क बनाउन सकेनौं भने स-साना घटनामा ट्रिप भइरहने अवस्था आउँछ ।

हिजो बत्ति गएपछि कन्ट्रोल रुममा अढाइ घन्टा बसेर हेरेँ । हामीले केही समस्या पहिचान गरेका छौं । मैले टीमसँग छलफल गरेको छु । हामी तत्काल गर्नुपर्ने र १ वर्षभित्र गर्नुपर्ने र त्यसपछि सिस्टम रि इन्फोर्स गर्ने काममा लागिरहेका छौं । यसमा चिन्ता लिनु पर्दैन । हिजोभन्दा राम्रो बनाउँछौं । सिस्टम यो भन्दा बेटर गर्छौं ।

म नेतृत्वमा आएपछि प्राधिकरणभित्रको संरचना खास चलाएको छैन । राइट म्यान राइट प्लेस भनेर त्यति धेरै सरुवा भएको छैन । कर्मचारी परिवर्तन गरेको छैन । टप लेभलमा केही मान्छे चेन्ज गरेको बाहेक छैन । हिजो राइट थियो भने आज पनि छ, हिजो थिएन भने आज पनि छैन।

समस्या यहाँको पूर्वाधार र नेटवर्क हो । सिस्टम बढ्दै जाँदा पूर्वाधार पनि त्यसअनुसार नबढ्दा समस्या भएको हो । हेरक वर्ष खपत बढिरहँदा पूर्वाधार नबढ्दा समस्या भएको हो । विकलिंकमा पुगेका छौं । जहाँजहाँ विकलिंकमा पुगेका छौं त्यसमा सुधार हुन्छ । स्विचाटार र बालाजुमा समस्या देखिएको छ ।

प्रसारण लाइनले हिजोको दिनमा भ्याएको थियो तर अहिले समस्या भयो । त्रिशुली, देवीघाट वा चिलिमे बन्द भयो भने बालाजु चावहिलको लाइनमा समस्या आउछ । यदी आयो भने सवस्टेशनमा फोन गरेर लाइन काट्नु पर्ने हुन्छ । लाइन काटेर त्यसलाई व्यालेन्स गरेर फेरि सप्लाइ दिनुपर्छ यो प्रसारण लाइन सिमामा आएकाले ट्रिपिङ भएको हो । आन्तरिक उत्पादन लेभलमा नहुँदा समस्या देखिएको हो । भारतबाट आउने तलतिर लोड बढी पर्ने हुँदा ट्रिपिङको समस्या हुन्छ र हामी आफैंले केही लोडहरु कटाएर व्यालेन्स गर्छौं ।

हामीले समस्या पहिचना गरिरहँदा ढल्केबर चपुरबाट पथलैया जाने लाइन पनि ओभर लोड हुन्छ । वर्षातमा पनि यस्तो समस्या देखिने गरेको छ । जेठ मसान्तसम्म यो समस्या समाधान गर्न सकेनौं भने वर्षामा पनि समस्या देखिन सक्छ ।

डिमान्ड बढ्दै जाँदा यस्तो हुन्छ । सिस्टम कसैले जानाजान बिगार्नुपरो नभए नेटवर्कका कारण समस्या आउँछ । २०७५-७८ मा पनि त्यो बढेको रहेछ डेटा हेर्दा अहिले पनि त्यस्तै भयो । हुरिबतासले सिस्टमनै जाँदा चाँही समस्या हो ।