सरकारबाट विपन्न वर्ग पहिचान नहुँदा बिमा विकास कोष प्रयोगमा आउन सकेन: अध्यक्ष ओझा (भिडियो)

0
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारबाट विपन्न वर्ग पहिचान नहुँदा बिमा विकास कोष प्रयोगमा आउन नसकेको बताएका छन् । बिहीवार नेपाल बिमा प्राधिकरणको ५७औं वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।

‘बिमा ऐनमा बिमा सूचना केन्द्र स्थापना गर्ने कुरा गरेको छ । चालु आर्थिक वर्षको बजेटमा पनि यो कुरा उल्लेख भएकोले त्यसमा काम गर्नेगरि प्राधिकरण अगाडि बढेको छ,’ अध्यक्ष ओझाले भने, ‘विपन्न र पिछडिएका क्षेत्रका मानिसलाई बिमा दायरामा ल्याउन पनि बिमा विकास कोषको प्रयोग गरेर जामे योजनामा हामी छौं ।’

सरकारले विपन्न वर्ग पहिचान गरेमा बिमा प्राधिकरणले बिमा कोषको प्रभावकारी उपयोग गरेर जाने बताए । यसका लागी सरकारले विपन्न वर्ग छुट्याउन आवश्यक भएकोले सो काम गर्न उनले सरकारसँग आग्रह गरे ।

‘प्राधिकरणले आगामी वर्षमा बिमाको दायरा विस्तारका लागि निरन्तर काम गर्नेछ छ । बिमकहरुले नयाँनयाँ र इनोभेटिभ प्रोडक्ट ल्याएमा त्यस्ता प्रोडक्टलाई हामीले प्रोत्साहन गर्दै छौं,’ अध्यक्ष ओझाले भने, ‘भोलिका दिनमा पनि बिमाको महत्त्व कमि भएर जाने छैन त्यसैले यसमा थप काम गरि अगाडि बढ्न हामीले सक्नुपर्छ ।’

बिमाको विकास र विस्तारमा काम गर्न प्राधिकरणले सधैं प्रतिबद्ध भएर काम गर्ने उनले बताए ।