
काठमाडौं । नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नर निलम ढुंगानाले सूचना प्रविधिको प्रयोग गर्दै बिमाको विकास र विस्तारमा लाग्नुपर्ने बताएकि छिन् ।
बिहीवार नेपाल बिमा प्राधिकरणको ५७औं वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित कार्यक्रममा ढुंगानाले यस्तो बताएकी हुन् ।
‘बिमा क्षेत्रको विकासमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ । यसको प्रयोगबाटसेवा सहज र सुलभ बनाउन सहज हुन्छ,’ उनले भनिन्, ‘सूचना प्रविधिक प्रयोग गर्दै बिमाको विकास र विस्तार गर्न सहयोग गर्ने भएकोले हामी यसतर्फ अगाडि बढ्न आवश्यक छ ।’
उनले आर्थिक क्रियाकलापमा हुने सम्भावित जोखिम कम गर्न बिमाको भूमिका महत्त्वपूर्ण भएकोले यसमा सबैको ध्यान जानुपर्ने बताइन् ।
हाम्रो जस्तो मुलुकका लागि यो झनै महत्त्वपूर्ण विषय भएको उनले बताइन्।
नियामक प्राधिकरणले समयमा दाबी भुक्तानी दिन मिल्ने अवस्था सिर्जना गरेमा यसले बिमा दायरा विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।
प्रतिक्रिया