डीकेएम औषधी कम्पनीले ६ महिनामा गर्‍यो ५२ करोडको व्यापार

126
Shares

काठमाडौं । डीकेएम औषधी प्रालिले ६ महिनाको अवधिमा ५२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड रुपैयाँ, सन् २०२२ मा ८८ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ७९ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ५९ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१० मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट आयातित र स्वदेशी उत्पादित औषधी बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा दिपककुमार तिब्रेवालको ५१ प्रतिशत र सुरजकुमार तिब्रेवालको ४९ प्रतिशत स्वामित्व छ ।

कम्पनीले विगत १५ वर्षदेखि औषधीको कारोबार गर्दै आएको छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।