आरके गोल्छा ग्रुपको अरिहन्त पोलिप्याकले ६ महिनामा कतिको गर्‍यो व्यापार ?

322
Shares

काठमाडौं । राजकुमार गोल्छा (आरके गोल्छा) ग्रुपको अरिहन्त पोलिप्याकले ६ महिनाको अवधिमा साढे ३४ करोडको व्यापार गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा ६९ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ९ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा ८० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले पोलिप्रोपिलिन (पीपी) र हाइ डेन्सिटी पोलिथिन ओभन फ्याब्रिक, न ओभन फ्याब्रिक, ओभन स्याक, ओभन सपिङ ब्याग, तारपलिन, प्लास्टिक रोप उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा १४ जनाको स्वामित्व छ । कम्पनीको प्रबन्ध निर्देशक भने राजकुमार गोल्छा हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड ९८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।