
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका छन् ।
२०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पूर्व सञ्चारमन्त्री रहेका बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पदमा रहेका कसैविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा सो व्यक्ति स्वतः पदबाट निलम्बित हुने व्यवस्था छ। यही प्रावधानअनुसार बस्नेतको सांसद पद निलम्बनमा परेको हो।
बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ।








प्रतिक्रिया