नेटवर्थ विश्लेषण नगरी लघु बिमा कम्पनीलाई आईपिओ अनुमति दिइयोः महालेखा

259
Shares

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले लघु बिमा कम्पनीलाई आईपिओ निष्कासन अनुमति दिँदा नेटवर्थको विश्लेषण नभएको जनाएको छ ।

बुधबार सार्वजनिक कार्यालयको ६२औं वार्षिक प्रतिवेदनले नेटवर्थ विश्लेषण नगरी लघु बिमा कम्पनीलाई आईपिओ निष्कासन अनुमति दिने काम भएको औंल्याएको हो ।

‘लघु बिमा कम्पनी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २५ अनुसार प्रिमियममा धितोपत्र निष्कासन गर्दा प्रिमियम मूल्य निर्धारण गर्ने विधि र औचित्य पुष्टि हुनुपर्ने व्यवस्था रहेकोमा केही लघु बिमा कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा बोर्डले कम्पनीको नेटवर्थ विश्लेषण सो बेगर प्रिमियममा सेयर जारी गर्न स्वीकृति दिएकोले लघु बिमा कम्पनीको सेयर खरिद गर्ने सर्वसाधारणको लगानी जोखिममा पर्ने देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।