रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

224
Shares

काठमाडौं । राप्रपा नेता रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिनदेखि हिरासतमा रहेका मिश्र लगायतलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीले गरेको निवेदन स्वीकृत गरेको हो ।

चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि मिश्र, दुर्गा प्रसाईं लगायत पक्राउ परेका थिए ।

उनीहरुमाथि प्रहरीले राज्यविरुद्धको अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ भने केही दिनअघि उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी अभियोगमा अनुसन्धान प्रक्रिया थालिएको थियो।

संगठित अपराधसमेतको अभियोगमा प्रहरीले उनीहरूलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने कानुनी प्रावधान अनुरूप थप समय माग गरेको हो ।