प्रधानमन्त्री ओलीले मैले पनि मार्सी चामल खाएको छु भन्दा, संसदमा हाँसो

476
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको प्रसिद्ध मार्सी चामलको संसद्‌मा चर्चा गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चन्दननाथ क्षेत्रमा रहेको विमानस्थल र त्यहाँबाट मार्सी चामलले पाएको ख्यातिबारे उल्लेख गरे ।

‘चन्दननाथमा एयरपोर्ट छ । सन्त चन्दनाथले सुरुमा ल्याएको भनिने मार्सी चामल अहिले चर्चित ब्रान्डजस्तै बनेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले पनि कर्णालीको मार्सी चामल खाएको छु, यहाँलाई थाहा छ होला।’

उनले यसो भनिरहँदा संसदमा हाँसो गुञ्जिएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बन्दा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायी दुर्गा प्रसाईंसँगै बसेर मार्सी चामलको भात खाएको तस्वीर सार्वजनिक भएको थियो।

प्रधानमन्त्री ओलीले कर्णालीमा कुनै विकास नभएको भन्ने धारणा अस्वीकार गर्दै यार्सागुम्बा मात्र होइन, गुछि च्याउ जस्ता बहुमूल्य जडीबुटी र वनस्पति ताप्लेजुङदेखि हुम्लासम्म पाइने बताए ।