
काठमाडौं । आइजीआई प्रुडेन्सियल इस्योरेन्स कम्पनीको नाफा संकुचित बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी पनि घटेको छ । गत आवको चैतसम्म १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आवको चैतसम्म भने १ अर्ब ५२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार चैतसम्मको कम्पनीको कुल बिमाशुल्क आर्जन २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल खर्च पनि बढेको छ । गत आवको चैतसम्म १ अर्ब ३ करोड ४७ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ कुल खर्च गरेको छ ।
चालु आवको चैतसम्मको कम्पनीको कुल बिमा सम्झौता दायित्व ४ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो दायित्व ४ अर्ब ५५ करोड रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको कुल दायित्व पनि भने घटेर गएको छ । गत आवको चैतसम्म ५ अर्ब ७० करोड कुल दायित्व रहेकोमा चालु आवको चैतसम्म आईपुग्दा कम्पनीको यस्तो दायित्व ५ अर्ब ६३ करोड रुपैयाँ छ ।
चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८५.३ रुपैयाँ छ ।







प्रतिक्रिया