
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आवको सोही अवधिमा भने कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब ३३ प्रतिशतले घटेको छ ।
कम्पनीले चैतसम्म ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो ।
वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी बढेको छ । चालु आवको चैतसम्म कम्पनीले ४ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब १७ करोड आम्दानी गरेको थियो ।
चैत मसान्तसम्मको कम्पनीको कुल दायित्व १० अर्ब १ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको यस्तो दायित्व ७ अर्ब ८१ करोड ६ लाख रुपैयाँ छ ।
वित्तीय विवरणअनुसार कम्पनीको कुल बिमा सम्झौता दायित्व ९ अर्ब ६९ करोड ११ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो दायित्व ७ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको कुल खर्च पनि बढेको छ । गत आवको चैतसम्म २ अर्ब ६८ करोड १० लाख कुल खर्च गरेको कम्पनीले चालू आवको चैतसम्ममा ३ अर्ब ७२ करोड १५ लाख कुल खर्च गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ र पिई अनुपात ५७.८४ गुणा छ ।







प्रतिक्रिया