
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा भएको छ ।
कम्पनीको वैशाख २६ मा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको संचित मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० को २.५० प्रतिशतका दरले बोनस सेयरको रुपमा ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
उक्त बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.१३१५७९ प्रतिशतका दरले ३२ लाख ९२ हजार ९७१ रुपैयाँ नगद लाभांशबाट समायोजन हुनेछ ।







प्रतिक्रिया