
काठमाडौं । खुद बिमा शुल्कसँगै लगानी र ऋणबाट प्राप्त हुने ब्याज आम्दानीमा वृद्धि भएसँगै नेपाल लाइफाको नाफा बढेको छ। कम्पनीले आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ६५ करोड २२ लाख २४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा ६० करोड ३ लाख ६८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको नाफा यस अवधिमा नाफा ८.६४ प्रतिशतले बढेको हो ।
चैतसमम कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाा खुद बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो बिमाशुल्क २९ अर्ब १२ करोड ५० लाख रुपैयाँ मात्रै थियो । त्यस्तै कम्पनीको विभिन्न लगानी र पोलीसीहोल्डरले लिएको ऋणको ब्याज आम्दानी १० अर्ब ९३ करोड १७ लाख रुपैयाँबाट बढेर १२ अर्ब १२ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
यसले कम्पनीको कुल आम्दानी नै करिब ५ अर्ब रुपैयाँले बढेको छ । गत अवको चैत मसान्तमा ४२ अर्ब ७९ करोठ २९ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी ४७ अर्ब ७२ करोड ८५ लाख पुगेको छ ।
आम्दानीसँगै कम्पनीले सम्झातौ गरेको दायित्व पनि बढेको छ । यस्ते दायित्व गत आवको तेस्रो त्रैमाससम्म २५ अर्ब ८५ करोड ८७ लाख रहेकोमा चालु आवको सोही अवधिमा बढेर ३० अर्ब १७ करोड १० लाख पुगेको छ । कम्पनीको कुल खर्च ३९ अर्ब ७० करोड ८८ लाख रुपैयाँबाट बढेर ४४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आयकरमा २ अर्ब २४ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । जिवन बिमा कम्पनीको वास्तविक नाफा विमाङकिय मूल्यांकनपछि मात्रै आउनेछ ।
विशेष गरेर कम्पनीले बिमाकोषको रकम लगानीबाट एकवर्षमा प्राप्त हुने आयको ९० प्रतिशत पोलीसी होल्डरको लागि सोही कोषमा र १० प्रतिशत सेयरधनीको कोषमा जम्मा हुन्छ । यस आधारमा बिमाङकिय मूल्यांकनपछि कम्पनीको नाफा बढ्न भएकोले सोही आधार कम्पनीले आयकर तिरेको छ ।
कम्पनीको समग्र आम्दानीमा वृद्धि भएसँगै लगानी पनि पनि बढेको छ । कम्पनीको कुल लगानी १ खर्ब ६४ अर्ब १५ करोड ७७ लाख रहेको कम्पनीको कुल लगानी चालु आवको चैतमा आउँदा १ खर्ब ८४ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले सहकायक कम्पनीमा १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको ऋण लगानी ३३ अर्ब ९१ करोड ४२ लाखबाट बढेर ३६ अर्ब ६४ करोड ९६ लाख पुगेको छ ।
कम्पनीको कुल बिमा सम्झौताको दायित्व १ खर्ब ९६ अर्ब ७३ करोड ४८ लाखबाट बढेर २ खर्ब ५ करोड ९५ लाख पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ ।
गत आवको चैतमा ९ रुपैयाँ ७५ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ६३ पैसा पुगेको छ । ९ अर्ब २ करोड ८८ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सञ्चित नाफा १ अर्ब १८ करोड ३९ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा छ ।







प्रतिक्रिया