
काठमाडौं । नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालयको उद्घाटन भएको छ । बिहीबार एक कार्यक्रमकाबीच कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो । कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको उद्घाटन नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका थिए ।
करिब साढे २ खर्ब रुपैयाँबराबरको बिमा कोष खडा गरिसकेको नेपाल लाइफ इन्स्योरेन्सको लगानीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न तथा लगानी विविधीकरणलाई गती दिन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको जनाएको छ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बिमा ऐनले केही क्षेत्रलाई परिभाषित गरेर उत्पादक क्षेत्रमा लगानीलाई प्रोत्साहित गरिरहेको पृष्ठभूमीमा कम्पनीले नयाँ अवसरमा काम गर्न कम्पनी खडा गरेको जानकारी दिए ।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष गोविन्द संघईले नेपाल लाइफको लगानीको प्रतिफललाई गुणात्मक रुपमा वृद्धि गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले लगानी केन्द्रीकृत गर्दा जोखिम बढ्ने भएकाले जोखिम विविधीकरणका लागि लगानी विविधीकरणमा प्राधिकरणले जोड दिएको बताए। इन्भेस्टमेन्ट कम्पनीले लगानीको सदुपयोग र विविधीकरणका लागि अब्बल जनशक्ति र उच्चत्तम प्रविधिको उपयोग गर्ने उनको बुझाइ छ ।
प्रतिक्रिया