
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले दिउँसो जनवादी बिहे, बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा पाटी खाएर ढुन्मुनिने संस्कार विकास भएको टिप्पणी गरे ।
‘प्रचण्ड’ लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएको समाचारहरु सार्वजनिक भएपछि बाँस्कोटाको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।
पेरिसडाँडामा जनवादी बिहे गरेर टेरेस रिसोर्टमा आयोजित पार्टीमा प्रचण्ड लड्दा चोट लागेको बारे नेपाल प्रेसले समाचार सम्प्रेषण गरको छ ।
‘अहिले अभ्यास यस्तो भएको छ, दिउँसो जनवादी बिहे, बेलुका सबैभन्दा महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने । यस्तो संस्कारबाट आएका नेताहरूको आँखै फरक हुन्छ।’ उनले यस्तो व्यवहारलाई अभियोग नभइ अभ्यास भनेका छन् ।
दलीय व्यवस्थामा सबैका बाध्यता हुने उनको भनाइ छ । ‘म हुँदा चाहिँ के हुन्थ्यो तेस्रो आँखा खोलेर हेर्थे भन्ने कुरा चाहिँ सत्तामा नहुँदा भन्ने कुरा हो । हुँदा तेस्रो आँखा खुल्दैन । सत्तामा हुँदा सत्ताको आँखा खुल्छ, प्रतिपक्षमा हुँदा प्रतिपक्षको आँखा खुल्छ,’ उनले भने ।

प्रतिक्रिया