
काठमाडौं । निम्बु पानीसहित विभिन्न ब्रान्डको पेय पदार्थ उत्पादन गर्ने सिंगापुर बेभरेज प्रालिको व्यापार ४.३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४.३ प्रतिशतले बढेको हो ।
झापामा रहेको कम्पनीले सन् २०२३ मा ६१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त व्यापार बढेर सन् २०२४ मा ६४ करोड २० लाख रुपैयाँको भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले सन् २०२२ मा ५० करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको समग्र व्यापार हेर्दा हरेक वर्ष बढ्दै गएको देखिन्छ ।
रमेश शर्मा र उनका छोरा डा. आशिष शर्माको स्वामित्व रहेको कम्पनीले सफ्ट ड्रिक मात्रै उत्पादन गर्दै आएको छ । कम्पनीले जुस र इनर्जी ड्रिङ्क उत्पादन गर्दै आएको छ । उत्पादन गरेको पेय पदार्थ कम्पनीले जोइनर, फ्रुट जेम्स, जिरु निम्बु पानी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६० करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ३५ करोड ३२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २५ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया