
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत–पाकिस्तानबीच जारी तनावबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दाहालले भारतको आक्रमण र त्यसको जवाफमा पाकिस्तानले दिएको कडा चेतावनीको सन्दर्भ उल्लेख गर्दै नेपाल सरकार अझै मौन रहनु अस्वाभाविक रहेको बताए । ‘भारत र पाकिस्तानबीच उत्पन्न विवादका विषयमा नेपाल सरकारको स्पष्ट र आधिकारिक धारणा आवश्यक छ,’ उनले भने ।
सार्कको अध्यक्ष राष्ट्रको नाताले नेपालले यस्तो संवेदनशील विषयमा आफ्नो कूटनीतिक प्रतिक्रिया सार्वजनिक गर्नुपर्ने उनको तर्क छ।
प्रतिक्रिया