सोल्टी वेस्टइन्ड रिसोर्टमा पुगेर राप्रपाले दुई नेताले भेटे पूर्वराजा ज्ञानेन्द्र

2.7k
Shares

फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई नेताले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र प्रताप शाहले बुधबार पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् ।

भक्तपुरको चाँगुनारायण-६ स्थित नगरकोटको सोल्टी वेस्टइन्ड रिसोर्टमा केहीदिनयता बसिरहेका पूर्वराजा शाहलाई भेट्न उनीहरु बुधबार बिहान ११ बजेतिर पुगेको बताइएको छ ।

गत फागुन ७ गते शाहले राजतन्त्रको पुनर्स्थापनाका लागि सक्रिय हुन आह्वान गरेपछि राप्रपा सडकमा खरोरुपमा उत्रिएको थियो ।

नवराज सुवेदीको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’ ले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि पूर्वराजा शाह राप्रपाका नेताहरुसँग नजिकिएका छन् ।

यसअघि पूर्वराजाले निर्मल निवासमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितको टोलीसँग लञ्च मिटिङसमेत गरेका थिए ।

राजतन्त्र फर्काउन निर्णायक आन्दोलन गर्ने राप्रपाले बताउँदै आए पनि आन्दोलनमा त्यस अनुसारको उपस्थिति देखिएको छैन ।