
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल घाइते भएका छन् ।
प्रचण्ड पुत्री गंगा दाहालका अनुसार गएराति बाथरुममा चिप्लिएर प्रचण्ड लडेका हुन् । लड्दा उनको निधारमा चोट लागेको छ । घाइते प्रचण्डलाई मेडिसिटि अस्पतालमा उपचारका लागि लगिएको थियो ।
‘सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु,’ गंगाले भनेकी छन् ।
प्रतिक्रिया