कालिमाटी तरकारी थोक बजार : पार्सले प्रतिकिलो २७७.५० रुपैयाँ, अन्यको मूल्य कति ?

63
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा सोमबार ठूलो गोलभेडा ३५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल २२.३३, रातो आलु ३३, प्याज ३७, गाजर लोकल ३५, गाजर तराई २०, बन्दा लोकल १२.३३, बन्दा नरिवल १७.६७, स्थानीय काउली ४५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा २७.६७, डल्लो भान्टा ४५, तने बोडी ५५, मटरकोशा ९५, घिउ सिमी लोकल ६५, घिउ सिमी हाइब्रीड ६५, टाटे सिमी ८५, तिते करेला २५ र लौंका २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परवर लोकल ४५, परवर तराई ४५, घिरौला २५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी ४५, बरेला ४५, पिडालु ८५, स्कुस ४५, रायो साग ५५, पालुङ्गो साग ८५, चमसुर साग ८५, तोरीको साग २८.३३, मेथीको साग ७५, प्याज हरियो ४५, बकुला ४७.६७, तरुल ९५, कन्ये च्याउ १९२, डल्ले च्याउ ३२५, राजा च्याउ २९०, सिताके च्याउ ७५२, ब्रोकाउली ८५, सजिवन(मुन्गा) ९०, बन्दा रातो ५०, जिरीको साग ६०, सेलरी १७७.५०, पार्सले २७७.५०, सौंफको साग ९५, तामा ९५, गुन्द्रुक ३२७.५०, रुख कटहर ७५, अदुवा ९५, भेडे खुर्सानी ९५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

Skip This