न्युट्री क्योर ब्राण्डको आहारपुरक खाद्य पदार्थ बजारबाट फिर्ता लैजान निर्देशन

889
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमति वेगर बिक्री भइरहेको एक कम्पनीको आहारपुरक खाद्य पदार्थ बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।

अनुमति वेगर न्युट्री क्योर ब्राण्डको आहारपुरक खाद्य पदार्थ बजारमा आयात तथा बिक्री भइरहेकाले तत्कालै उक्त उत्पादन बजारबाट फिर्ता लैजान विभागले आयातकर्तालाई निर्देशन दिएको छ ।

विभागले वीरगञ्जस्थित आयातकर्ता कम्पनी न्यूट्रिका फुड कन्सर्न र काठमााडौंको भिमसेनगोलास्थित बायो लाइफकेम नेपाल वितरण रहेको कम्पनीले सरकारी निकायसँग अनुमति वेगर भारतको अगुस्तो फर्मुलेसन प्राइभेट लिमिटेडबाट उत्पादित न्युट्री क्योर ब्राण्डको आहारपुरक खाद्य पदार्थ आयात गरी बजारिकरण गरेको भन्दै आयात र बिक्री बितरणमा रोक लगाएको छ ।

विभागले तत्कालै उक्त ब्राण्डको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता लैजान आयातकर्ता र बितरणकर्ता कम्पनीलाई निर्देशन दिएको हो ।

Skip This