अस्ट्रेलियामा अल्बनिजीको विजयले पहिलो घर किन्नेलाई झनै सजिलो

812
Shares

ठूलो मतसहित सत्तामा रहेको अस्ट्रेलियन लेबर पार्टीले आम चुनाव जितेसँगै हाउजिङ मार्केटमा सकारात्म सन्देश प्रवाह भएको छ । आगामी तीन वर्षाका लागि एन्थोनी अल्बनिजी यहाँका प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । लेबर पार्टीको यो दोस्रो कार्यकाल हो । लेबरले आफ्ना थुप्रै योजनाहरु मघ्य हाउजिङका लागि पनि केही ठूला योजनाहरु अघि सारेको थियो।

आजको यो आलेखमा लेबर सत्तामा आएसँगै हाउजिङ मार्केटमा गरिएका अपेक्षाहरु के कस्ता छन् भनेर छलफल गर्ने छु ।

अहिले अस्ट्रेलियामा ‘कस्ट अभ लिभिङ’ र घरको हाहाकारले मान्छेहरुलाई अत्याएको छ । कस्ट अफ लिभिङको पाटो एउटा भयो । घरको हाहाकारको समस्या झन ठूलो छ । बजारमा पर्याप्त घरहरु नहुने र भएका घरुहरुको मूल्य आकाशिने कारणले गर्दा घर किन्न खोज्नेहरु थिलोथिलो भएका छन् ।

विगत पाँच वर्षमा अस्ट्रेलियाका घरहरुले एक सय प्रतिशतसम्मको वृद्धि देखेका छन् । पचासदेखि साठी प्रतिशतको वृद्धि नभएका घरहरु त छँदै छैनन् भने पनि फरक नपर्ला।

जबकि अस्ट्रेलियामा घरको मूल्यको वृद्धि वार्षिक सरदर ६ प्रतिशत मात्रै हुने गरेको थियो । पछिल्लो तीस वर्षमा वार्षिक ६ प्रतिशतको हाराहारीमा मात्रै बढेको यहाँको रियल इस्टेट आजभोलि तीन महिनामै ६ प्रतिशत बढ्न बेर लगाउँदैन । कोभिडपछि सन् २०२५ सम्म आइपुग्दा अस्ट्रेलियामा घर बेच्नेहरुले राम्रो आम्दानी पनि गरेका छन् ।

अस्ट्रेलियामा घरको मूल्य बढ्नुको मुख्य कारण आप्रवासीहरुको वृद्धिलाई मानिन्छ । देश अत्यन्तै ठूलो तर जनसंख्या कम भएका कारणले गर्दा अस्ट्रेलियाले माइग्रेसनलाई यहाँको मुख्य मुद्दा बनाएको छ । कहिले काहीँ यहाँका नेताहरुले आप्रवासनलाई यहाँको ‘सेक्रेट सस’ पनि भन्छन् ।

होम ग्यारेन्टी स्किम अन्तगर्त फर्स्ट होम ग्यारेन्टी स्किम अहिले पनि सञ्चालनमा रहेको छ । यो स्किमा घर किन्दा यहाँका वासिन्दाहरुले पाँच प्रतिशत डिपोजिटमा लेनडर्स मोर्गेज इन्स्युरेन्सबिना नै घर किन्न पाउँछन्

कोभिडपछि नयाँ घरहरु नबन्नु र विद्यार्थीहरुको संख्यामा वृद्धि हुनुले यहाँको हाउजिङमा चाप पारेको हो । विस्तारै नयाँ घरहरु बनाएर माग धान्ने लेबर पार्टीको मुख्य योजना रहेको छ । हालसालै सरकारले दुई वर्षका लागि यहाँका नागरिक र स्थायी वासिन्दा बाहेकले पुरानो घर किन्न नपाउने, नयाँ घर मात्रै किन्नु पर्ने निर्णय पनि गरेको थियो । जुन अहिले कार्यान्वयनमा छ ।

अल्बनिजीको दोस्रो कार्याकालमा हेरिएको हाउजिङ

अल्बनिजी सरकारले आउँदा वर्षहरुमा एक लाख नयाँ घर बनाउने चुनावी वचन दिएको छ। यसका लागि सरकारले १० बिलियन डलर खर्च गर्ने छ । सरकारले नयाँ घर निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ । यसले घर किन्न खोज्ने यहाँका नागरिक र स्थायी वासिन्दालाई ठूलो राहत मिल्ने छ । अस्ट्रेलियामा रहेका नेपाली भाषीले पनि यी कुराहरुलाई महत्वका साथ हेरेका छन् । घर निर्माणसँगै सरकारले यहाँका वासिन्दाहरुले चाँडै घर किन्न सकुन् भनेर योजना ल्याएको छ ।

पाँच प्रतिशत डिपोजिटमै घर, त्यो पनि सबैको लागि

अल्बनिजी सरकारले ल्याएको अत्यन्तै राम्रो योजना भनेको पाँच प्रतिशत डिपोजिटमै घर किन्न पाउने व्यवस्था हो । अल्बनिजी सरकारले पहिलो घर किन्ने सबै नागरिकरुलाई पाँच प्रतिशत डिपोजिटमै घर किन्न सक्ने व्यवस्था मिलाउन लागेको छ । यो कार्यक्रम हाल पनि सञ्चालनमा रहेको छ, तर अब यसलाई अलि बढी प्रभावकारी बनाउने अल्बनिजी सरकारको योजना रहेको छ ।

आज अस्ट्रेलियामा मध्यम घरको मूल्य ८ लाख २० हजार डलर छ । यसको ५ प्रतिशत ४१ हजार डलर हुन्छ । अन्तिम पटक ४१ हजार डलरे मध्यम घरको लागि २० प्रतिशत जमानी कभर गरेको सन् २००२ मा थियो । यो परिवर्तनको पुस्तागत महत्त्व हो । यसको अर्थ सिड्नीका पहिलो घर किन्नेहरूले १ मिलियन डलरको अपार्टमेन्ट ५० हजार डलरको जमानीमा अल्बानीज सरकारको ग्यारेन्टीसहित किन्न सक्नेछन् ।

यसको अर्थ क्वीन्सल्यान्डका पहिलो घर किन्नेहरूले ८ लाख ५० हजार डलरको घर ४२ हजार ५ सय डलरको जमानीमा किन्न सक्नेछन् । यसको अर्थ आफ्ना वयस्क छोराछोरीलाई घर किन्न सहयोग गर्न पैसा ऋण दिन बाध्य भएका बाबुआमाहरूले अब त्यो पैसा आफ्नै सेवानिवृत्तिको लागि प्रयोग गर्न सक्नेछन् ।

साधारण पहिलो घर किन्नेहरूको लागि, यसले जमानी बचत गर्न लाग्ने समय घटाउँछ र लेन्डर्स मोर्टगेज इन्स्योरेन्समा हजारौं डलर बचत गराउँछ । लेबर पार्टीले आफ्नो चुनावी नारामा यो कुरा उल्लेख गरको थियो ।

होम ग्यारेन्टी स्किम अन्तगर्त फर्स्ट होम ग्यारेन्टी स्किम अहिले पनि सञ्चालनमा रहेको छ । यो स्किमा घर किन्दा यहाँका वासिन्दाहरुले पाँच प्रतिशत डिपोजिटमा लेनडर्स मोर्गेज इन्स्युरेन्सबिना नै घर किन्न पाउँछन् । यसका लागि सरकारले वार्षिक ३५ हजार घरको संख्याको सीमा राखेको छ, र यो स्किममा घर किन्दा घरको मूल्यको सीमा तोकिएको छ। इनकम थ्रेसहोल्ड लगायतका कुराहरु पनि यसमा छन् । हाल घरको मूल्यको हाइ रेन्ज खासै प्रभावकारी छैन । तोकिएको रेञ्जमा खासै घरहरु पाइँदैन पनि ।

अब के हुन्छ ?

सरकारले फेरि पनि यहि कार्यक्रमलाई निरन्तरता दिने हो । तर यसलाई परिमार्जन गरिने छ। आउँदा केही हप्ताहरुमै यस योजनाका अपडेटहरु आउनेछन् । तपाईंले पनि यो स्किमबाट घर किन्ने बारेमा सोन्नु भएको भए लेखकलाई सम्पर्क गरेर थप जानाकारी लिन सक्नुहुन्छ।

घर किन्नका लागि सबैभन्दा सजिलो भनको मोर्गेज ब्रोकरबाट काम गराउनु हो । अस्ट्रलियामा सामान्यतया ब्रोकर प्रयोग गर्दा सेवाग्राहीले शुल्क तिर्नु पर्दैन

परिमार्जित कार्यक्रममा घरको मूल्यको सीमा बढ्ने छ । फेरि पनि महँगा घरहरुमा सीमाना लागू हुनेछन् तर सरकारले उपयुक्त बजार मूल्य अनुसार घरको मूल्यमा सीमा लगाउने छ। पहिलो घर किन्नेहरुलाई त्यो सीमाले धेरै असर नगर्ने अनुमान लगाउन सकिन्छ। किनकी लेबरले चुनावी घोषणामै ठूलो मूल्यको घरको उदाहरण दिएको छ ।

सरकारले यो स्किम अन्तर्गत घरको संख्याको सीमा हटाउने छ । ३५ हजार घरको सीमा हटेसँगै अब म यो स्किममा पर्दिन कि भनेर चिन्ता लिनु पर्ने भएन । दोस्रो यो स्किममा जुन आम्दानी समूहका व्यक्तिहरु पनि इलिजिबल हुने भए । तस्रो यो स्किममा घर किन्दा फेरि पिन मोर्गेज इन्सुरेन्स लाग्ने छैन । पाँच प्रतिशत डिपोजट भए पुग्छ। र, यसमा घरको मूल्यको सीमाना पनि बढाइने छ, जुन तथ्यांक अहिले उपलब्ध छैन ।

सामान्यतया यो कार्यक्रममा सहभागी हुनका लागि कि त कार्यक्रममा सहभागी बैंकबाट आफ्नो एप्लिकेसन अगाडि बढाउनु पर्छ कि त मोर्गेज ब्रोकरबाट । हाउजिङ अस्ट्रेलियाले सोझै यो कार्यक्रमका लागि आवेदन लिँदैन । यसमा घर किन्नका लागि सबैभन्दा सजिलो भनको मोर्गेज ब्रोकरबाट काम गराउनु हो । अस्ट्रलियामा सामान्यतया ब्रोकर प्रयोग गर्दा सेवाग्राहीले शुल्क तिर्नु पर्दैन ।

(लेखक विशाल भट्टराई अस्ट्रेलियामा रहेको नमस्ते होम लोन्सका सञ्चालक हुन् । लेखमा उठाइएका विषयका बारेमा उनलाई 0452 264 075 र [email protected] मा सम्पर्क गर्न सकिन्छ।)

Skip This