
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले कुल ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्मको कम्पनीको खुद बिमाशुल्क आर्जन १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको खुद बिमाशुल्क १२ अर्ब २ करोड ३० लाख रुपैयाँ थियो ।
बिमाशुल्क आर्जन बढ्दा कम्पनीको कुल आम्दानी पनि बढेको छ । प्रकाशित वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तसम्म १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी बढेर चालु आवको सोही अवधिसम्म आईपुग्दा १८ अर्ब ४८ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीको कुल खर्च पनि बढेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको यस्तो खर्च १६ अर्ब २६ करोड रुपैयाँ थियो ।
गत आवको चैत मसान्तसम्म ६४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको बिमा सम्झौता दायित्व चालु आवको सोही अवधिसम्म आईपुग्दा त्यसबाट बढेर ७४ अर्ब ५२ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल दायित्व भने ७८ अर्ब १२ करोड १३ लाख रुपैयाँ कायम छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो दायित्व ६७ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चित नाफामा गिरावट आएको छ । वित्तीय विवरणअनुसार चालु आवको चैतसम्ममा कम्पनीको सञ्चित नाफा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ थियो ।
गत आवको तेस्रो त्रैमाससम्ममा ७.२४ रुपैयाँ रहेको कम्पनीको ईपिएस चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा ६.८९ रुपैयाँ कायम भएको छ । चैत मसान्तको तथ्यांकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ छ ।







प्रतिक्रिया