
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा सामान्य सुधार देखिएको हो ।
आव २०८१/८२को चैत मसान्तसम्ममा कम्पनीले कुल ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा मात्रै कम्पनीले ९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । गत आवको तेस्रो त्रैमासमा मात्रै भने कम्पनीले ९ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा चालू आवको सोही अवधिसम्ममा भने ४ अर्ब ८२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै खर्च पनि बढेको देखिन्छ । चैत मसान्तसम्मको कम्पनीको कुल खर्च ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो खर्च ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ थियो ।
प्रकाशित वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा कम्पनीको कुल दायित्व १३ अर्ब ८ करोड ८६ लाख रुपैयाँ पुगको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको यस्तो दायित्व १० अर्ब ६० करोड रुपैयाँ थियो ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको इक्विटीसहितको कुल दायित्व भने १९ अर्ब ७२ करोडको पुगेको छ जबकि, गत आवको चैत मसान्तसम्ममा भने कम्पनी माथिको यस्तो दायित्व १८ अर्ब थियो ।
प्रतिक्रिया