सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

98
Shares

काठमाडौं । सरकारले सहकारी ऋण असुली न्यायधीकरण स्थापना गर्ने भएको छ । सहकारीको ऋण असुलीमा आएको समस्या समाधान गर्न यस्तो न्यायधीकरण बनाइने भएको हो ।

हाल बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण असुली गर्न छुट्टै न्यायधीकरण सञ्चालनमा रहेको छ । सोही तबरले सहकारीका लागि छुट्टै न्यायधीकरण बनाइने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो उद्घोष गरेका हुन् ।

Skip This