
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा शुक्रबार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ४० रुपैयाँ थोकमा बिक्री भएको छ ।
यस्तै सानो गोलभेँडा लोकल २५, गोलभेँडा सानो तराई ४५, आलु रातो ३२, प्याज सुकेको ३८, गाजर लोकल ४०, गाजर तराई २५, बन्दा लोकल १५, बन्दा नरिवल २०, काउली स्थानीय ३५, मूला रातो ४५, मूला सेतो लोकल २०, सेतो मूला हाइब्रिड ३०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ५०, तने बोडी ८०, मटरकोसा ८०, घिउ सिमी लोकल ७०, घिउ सिमी हाइब्रिड ७०, टाटे सिमी ९०, भटमास कोसा १००, तितो करेला ३५ र लौका २० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
परबर लोकल ६०, परबर तराई ६०, चिचिण्डो ५०, घिरौला ३०, झिगुनी ८०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, सलगम ८०, भिण्डी ६०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो साग १००, चमसुरको साग १००, तोरीको साग ३५ र मेथीको साग १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी प्याज हरियो ५०, बकुला ५०, तरुल १००, च्याउ कन्ये २३०, च्याउ डल्ले ३५०, राजा च्याउ ३०० र सिताके च्याउ ८००, कुरिलो ६००, निगुरो ५०, ब्रोकाउली १००, सजीवन १००, कोइरालो २५०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २००, पार्सले ३००, सौफको साग १२०, पुदिना २५०, गान्टे मूला ५०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५०, रुख कटहर १००, अदुवा १३०, खुर्सानी सुकेको ४२०, खुर्सानी हरियो ७०, अकबरे खुर्सानी ४००, भेडे खुर्सानी ८० र लसुन सुकेको नेपाली ३०० रुपैयाँमा बिक्री भएको छ ।
प्रतिक्रिया