कालिमाटी तरकारी बजार : अकबरे खुर्सानी ४०० रुपैयाँ, अन्यको मूल्य कति ?

217
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा आज बिहिबार ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै गोलभेँडा सानो लोकल २५, गोलभेँडा सानो तराई ४५, आलु रातो ३२, प्याज सुकेको ३८, गाजर लोकल ४०, गाजर तराई २५, बन्दा लोकल १५, बन्दा नरिवल २०, काउली स्थानीय ३५, मूला रातो ४५, मूला सेतो लोकल २०, सेतो मूला हाइब्रिड ३०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ५० र तने बोडी ८० रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यसैगरी मटरकोसा १२०, घिउ सिमी लोकल ७०, घिउ सिमी हाइब्रिड ७०, टाटे सिमी ९०, भटमास कोसा १५०, तितो करेला ४०, लौका २५, परबर लोकल ८०, परबर तराई ८०, चिचिण्डो ५०, घिरौला ४०, झिगुनी ८०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी ६०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो साग १००, चमसुरको साग १००, तोरीको साग ३५, मेथीको साग १००, सौफको साग १२०, जिरीको साग ६५, प्याज हरियो ५०, बकुला ५०, तरुल १००, च्याउ कन्ये २४०, च्याउ डल्ले ३५० र कुरिलो प्रतिकिलो ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

निगुरो ५०, ब्रोकाउली ९०, सजीवन १००, कोइरालो २५०, रातो बन्दा ६५, , ग्याठकोभी ६०, सेलरी २००, पार्सले ३००, पुदिना २५०, गान्टे मूला ५०, इमली १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५०, काँक्रो लोकल ८०, काँक्रो हाइब्रिड ४०, रुख कटहर १००, अदुवा १३०, अकबरे खुर्सानी ४००, भेडे खुर्सानी ८० र लसुन सुकेको नेपाली प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भएको छ ।

Skip This