
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बुधबार ठूलो गोलभेडा ३५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
त्यसैगरी सानो गोलभेडा लोकल २२.३३, रातो आलु ३३.६७, प्याज ३७.३३, गाजर लोकल ३५, गाजर तराई २०, बन्दा लोकल १२.३३, बन्दा नरिवल १७.६७, स्थानीय काउली २५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा २७.६७, डल्लो भान्टा ४५, तने बोडी ६८.७५, मटरकोशा १०८.७५, घिउ सिमी लोकल ७५, घिउ सिमी हाइब्रीड ७५, टाटे सिमी ८५, तिते करेला ३५ र लौंका २० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर लोकल ६५, परवर तराई ६५, घिरौला ३५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो २५, हरियो फर्सी डल्लो २५, भिण्डी ४५, बरेला ४५, पिडालु ८५, स्कुस ४५, रायो साग ६५, पालुङ्गो साग ११६.६७, चमसुर साग ११६.६७, तोरीको साग २८.३३, मेथीको साग ११६.६७, प्याज हरियो ४५, बकुला ४७.६७, तरुल ९५, कन्ये च्याउ २३५, डल्ले च्याउ ३२७.५०, राजा च्याउ २९०, सिताके च्याउ ७५२, ब्रोकाउली ८१.२५, सजिवन(मुन्गा) ९०, बन्दा रातो ५६.६७, जिरीको साग ६०, सेलरी १७६, पार्सले २७६.६७, सौंफको साग ११०, तामा ९५, रुख कटहर १५०, अदुवा १२०, भेडे खुर्सानी ६७.५० र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य



प्रतिक्रिया