१८ अर्बको अवैध वित्तीय कारोबार गरेको आरोपमा २१ जना पक्राउ

931
Shares

काठमाडौं । १८ अर्बको अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

विदेशबाट प्राप्त हुने रेमिट्यान्समा गरी आन्तरिक रेमिट्यान्सको नाममा नेपालमा अवैध कारोबार संलग्न व्यक्तिलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको सीआईबीले जनाएको छ । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगाएतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबार बापत प्राप्त रकमको कारोबारमा सहयोग गरेको ओपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तो अवैध कारोबारको गैर कानूनी रकमलाई उनीहरुले डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको प्रयोजनाको लागि पैसा ओसारपसार गर्ने भरिया परिचालन गरी गर्ने गरेका थिए । यसरी उनिहरुले भरिया मार्फत ठूलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गरी त्यस्तो रकमलाई बिभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लिएका मनि ट्रान्सफरहरुले डिजिटल वालेट कम्पनी मार्फत ‘इ–मनि’ बनाउने गरेका थिए ।

‘इ–मनि’ बनाएको त्यस्तो रकमलाई रेमिट्यान्सको रकम भुक्तानी पाउनुपर्ने वैदेशिक रोजगारी र अध्ययनमा रहेको नेपालीको आफन्तको खातामा रकमान्तर गरेर रेमिट्यान्सको हिसाब मिलान गर्ने गरेको सीआईबीले जनाएको छ । रेमिट्यान्स कम्पनी र त्यसको सञ्चालक समेतले नेपाल राष्ट्र बैंकको निर्देशन उलंघन गरेकोले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्भान भइरहेको सीआईबीले जनाएको छ । सोही अनुसन्धानका क्रमममा पक्राउ परेकोहरुलाई सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङको डीएस ट्रेडर्स तथा रेमिट्यान्सका वीरेन्द्रप्रसाद साह र दीपेन्द्रप्रसाद साह छन् । त्यस्तै महोत्तरीको दिपज्योति ट्रेटर्सका श्रवणकुमार साह, सप्तरीको रिया ट्रेडर्सका तारालाल यादव, सर्लाहीको आनान्द ट्रेडर्सका हरेराम महतो, धनुषाको न्यु सन्ध्या इन्टरप्राइजेजका निरोजकुमार महतो, अलिता मनि ट्रान्सफरका अलिता देवी महतो र प्रकाश सिंहलाई पनि प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ ।

त्यस्तै धनुषाकै श्री अञ्जल इन्टरप्राइजेजका अरुणकुमार साह र जय माँ जानकी मनि ट्रान्सफरका सञ्जिव कुमार महतो पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आर एण्ड आर सब रेमिट प्रालिका पर्साका प्रदीपकुमार साह, पुर्जा सप्लायर्स नवलसरासीका राजकमल लोनिया, तुलसी ट्राभल एण्ड टुर्स नवलपरासीका भीमकुमार गुरुङ पनि पक्राउ परेका हुन् । शिवम् इन्टरप्राइजेज सप्तरीका रामविलास साह तेली र ममता कुमारी, सस्भिका मनि ट्रान्सफर पर्साका बिकर्णजंग राणा, गोल्डेन स्काई टुर्स एण्ड ट्राभल नवलपरासीका गणपति पाण्डे, खुसी मनि ट्रान्सफर वीरगञ्जका सलमा खातुन, राधिका ट्रेडर्स सप्तरीकी सुशीलाकुमार साहु, हिमालयन मनि ट्रान्सफर चितवनका गोविन्दप्रसाद आचार्य र सगरमाथा रेमिट्यान्स सप्तरीका शम्भु मेहतालाई प्रहरी पक्राउ गरी अनुसन्धान गरीरहेको सीआईबीले जनाएको छ ।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरको सीआईबीका प्रवक्ता सुधीरराज शाहीले बताए । सुन तस्करी भन्सार छलीको चौरी पैठारी जस्ता कारोबारको रकम सेटलमेन्ट गर्ने कार्यमा संलग्न रहेकोहरुको रकम व्यवस्थान गर्नेगरी वालेट मार्फत उक्त रकम वैदेशिक रोजगारीबाट प्राप्त हुने रमिट्यान्सको भुक्तानीमा प्रयोग भएको पाइएको प्रहरीले जनाउको छ । रेमिट्यान्स पठाउनेनहरुको आफन्तको खातामा यस्तो रकम जम्मा गरेको पाइएको हो ।