आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद्- बडू

175
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताए ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गरे ।

उनले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए । उनले दमन गर्नेतर्फ नभई सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अग्रसर बन्न सरकारलाई सुझाव दिए ।

उनले प्रश्तावित विद्यालय शिक्षा विधेयक अविलम्व संसद्मा प्रश्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

विद्यालय शिक्षक विधेयक जारी गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा आईतवार प्रहरीसँग झडप हुँदा शिक्षकहरू घाइते भएका थिए ।