सवा तीन लाखको भन्सार छलीका सामान बरामद

182
Shares


रौतहट । रौतहट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रहरीले चेकजाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ वटा मोटरसाइकल र ४ वटा साइकल पनि बरामद गरेको हो ।

नेपाल–भारत सीमास्थित भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको ३ लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना सामाग्री , कस्मेटिकसहित उक्त सवारी साधन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

बरामद सामानसहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा जनाइएको छ ।

Skip This