
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा शनिबार कुरिलो ६ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै ठूलो गोलभेँडा ४०, लोकल सानो गोलभेँडा २५, आलु रातो ३३, प्याज सुकेको ३८, गाजर लोकल ३५, गाजर तराई २०, बन्दा लोकल १५, बन्दा नरिवल २०, काउली स्थानीय ३०, मूला रातो ४५, मूला सेतो लोकल २०, सेतो मूला हाइब्रिड ३०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ३०, तने बोडी प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको छ ।
यसैगरी मटरकोसा ९०, घिउ सिमी लोकल ९०, घिउ सिमी हाइब्रिड ९०, टाटे सिमी ९०, भटमास कोसा २००, तितो करेला ३५, लौका ३०, परबर लोकल ६०, परबर तराई ६०, चिचिण्डो ५०, घिरौला ५०, झिगुनी ७०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, सलगम ६०, भिण्डी ८० कायम गरिएको छ ।
यस्तै सखरखण्ड ६०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो साग ७०, चमसुरको ७०, तोरीको साग ३५, मेथीको साग ९०, प्याज हरियो ५०, बकुला ५०, तरुल १००, च्याउ कन्ये २२०, च्याउ डल्ले ३५०, राजा च्याउ ३०० र सिताके च्याउ ८०० र कुरिलो ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
निगुरो ५०, ब्रोकाउली ६०, चुकुन्दर ६०, सजीवन १००, कोइरालो ३००, रातो बन्दा ६५, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २००, पार्सले प्रतिकिलो ३००, सौफको साग ८०, पुदिना २५०, गान्टे मूला ५०, इमली १७०, तामा १००, तोफु १२० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी काँक्रो लोकल ८०, काँक्रो हाइब्रिड ३०, रुख कटहर १००, लप्सी ८०, अदुवा १३०, खुर्सानी सुकेको ४२०, खुर्सानी हरियो ८०, खुर्सानी हरियो बुलेट ६०, खुर्सानी हरियो माछे ७०, खुर्सानी हरियो अकबरे ४००, भेडे खुर्सानी ७० र लसुन हरियो १०० र लसुन सुकेको नेपाली प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भएको छ ।
प्रतिक्रिया