राप्रपाका सांसद राणा हाजिरी जमानीमा रिहा


काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवल शमशेर राणालाई हाजिरी जमानीमा रिहा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई आइतबार राती हाजिरी जमानीमा रिहा गरेको छ ।

राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको मुखमा क्यान्सर लागेकाले हाजिरी जमानीमा रिहा गरी पत्नीलाई जिम्मा लगाइएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रसहित उनलाई पक्राउ गरिएको थियो ।