नदीका नामबाट पञ्चकन्या बाथवेयरः हेर्दै प्रिमियम, बिल नभए पनि १० वर्ष वारेन्टी

2.4k
Shares

काठमाडौं । नेपालको एक प्रतिष्ठित औद्योगिक समूह पञ्चकन्या ग्रुपले ‘पञ्चकन्या बाथवेयर’ ब्रान्डमार्फत बाथरुमका सामग्री उत्पादन र वितरणको नयाँ व्यापार सुरु गरेको छ । नदीका नाममा आधारित सामग्रीहरूसहित कम्पनीले आकर्षक डिजाइन र टिकाउपनालाई प्राथमिकता दिँदै नेपाली बजारमा पाइला टेकेको हो ।

हाल पञ्चकन्या बाथवेयर देशभरका प्रमुख सहरका १०० वितरकहरूमार्फत उपभोक्तासम्म पुर्‍याइएको छ । कम्पनीका अनुसार, नेपाली बजारमा लामो समयदेखि गुणस्तरहीन सस्तो सामग्री र अत्याधिक महँगा विकल्प मात्रै उपलब्ध थिए, जसलाई अन्त्य गर्दै सन्तुलित मूल्यमा गुणस्तरीय विकल्प दिन उद्देश्यले यो उत्पादन ल्याइएको हो ।

कम्पनीका कार्यकारी निर्देशक उज्जवलकुमार श्रेष्ठ बाथवेयर अर्थात् धारा राम्रो होस् र सस्तो पनि होस् भन्ने हेतुले जर्मन प्रविधिका धारा नेपाली बजारमा उपलब्ध गराएको बताउँछन् । उनका अनुसार दीर्घकालीन मूल्य सुनिश्चित गर्ने गुणस्तर, पानी संरक्षणको सिद्धान्त र अतुलनीय उपभोक्ता सुविधासहित पञ्चकन्या बाथवेयर बजारमा प्रवेश गरेको हो ।

वर्षोंको अनुसन्धानपछि तयार पारिएका पञ्चकन्या बाथवेयर सामग्रीहरू जर्मन प्रविधिमा आधारित छन् र उत्कृष्ट डिजाइनमा निर्मित छन् । ब्रासबाट बनेका धारामा क्रोम फिनिस प्रयोग गरिएको छ, जसले दीर्घकालीन टिकाउपना सुनिश्चित गर्छ ।

पञ्चकन्या बाथवेयरले बाथरुममा प्रयोग हुने धारा, सावर लगायतका सामग्रीहरू स्टाइलिस्ट र किफायती मूल्यमा उपलब्ध गराएको छ । कम्पनीले उपभोक्तालाई उच्च गुणस्तरका सामग्री उचित मूल्यमा प्रदान गर्न कटिबद्धता जनाएको छ ।

बिल नभए पनि १० वर्षको वारेन्टीसहित यी उत्पादनहरूले नेपाली बाथवेयर बजारमा नयाँ युगको सुरुवात गर्ने विश्वास श्रेष्ठको छ ।

पञ्चकन्या ग्रुपले यसअघि पनि निर्माण क्षेत्रका विभिन्न सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । बाथवेयर क्षेत्रमा गरिएको यो नयाँ प्रयास कम्पनीको इतिहासमा महत्वपूर्ण माइलस्टोन मानिएको छ, जसले नेपाली उपभोक्ताको दैनिकीलाई अझ सजिलो, सुलभ र स्तरीय बनाउनेछ ।

‘पञ्चकन्या’को बाथवेयर हार्डवेयर पसलमा कसरी कसरी चिन्ने ? 

भिडियो/सम्पादनः रवि धिताल