
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ चैत १८ गते बसेको वैठकले २०८२ वैशाख ५ गतेका लागि बस्नेगरी बोलाईएको विशेष साधारण सभा स्थगित भएको हो ।
नेपाल बिमा प्राधिकरणको नियमन महाशाखाले वैशाख २ गते विशेष साधारण सभा स्थगत गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले गार्डियनलाई गत बिहीबार हकप्रद सेयर निष्कासन गर्न लागेको विषयमा स्पष्टीकरण सोधेको थियो ।
गार्डियनले १:१ अनुपातमा अर्थात् १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको चैत १८ गतेको सञ्चालक समिति बैठकले वैशाख ५ गते विशेष साधारणसभा बोलाउँदै यस्तो प्रस्ताव गरेको थियो ।








प्रतिक्रिया