सहकारी ठगी: छविलाल जोशी कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

595
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवलको आदेशसम्बन्धी कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले संगठित तथा सहकारी ठगी मुद्दामा जोशीलाई थुनामा पठाउने आदेशका आधारहरू स्पष्ट पार्न कैफियत माग गरेको हो ।

यसअघि उच्च अदालत तुलसीपुर बुटवलले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध जोशीले चैत ३१ गते सर्वोच्च अदालतमा निवेदन दायर गर्दै थुनाको आदेश बदर गरिदिन माग गरेका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सुप्रिम सहकारी प्रकरणमा जोशीलाई थुनामा पठाउने निर्णय गर्दा के आधार लिइयो भन्ने विषयमा स्पष्ट पार्न आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले चैत ३१ गते पत्रकार रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको आधार खुलाउन आदेश दिएका थिए ।