
काठमाडौं । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–४ मा रहेका कान्ति भैरव बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको २६ करोड ८२ लाख ३ हजार ३८ रुपैयाँ ८७ लाख ६ हजार १४४ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
बचतकर्ता ठग्ने ९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरि कृष्ण श्रेष्ठ, सहकारीका पूर्वअध्यक्ष एबम् सल्लाहकार प्रेम श्रेष्ठ, सहकारीका कोषाध्यक्ष सेरलाल श्रेष्ठ, सहकारीका सह– प्रबन्धक राजेन्द्र श्रेष्ठ, सहकारीका उपाध्यक्ष रामेश्वर श्रेष्ठ रहेका छन् ।
यस्तै सहकारीका सचिव तथा प्रबन्धक रामदाश श्रेष्ठ, सहकारीका सदस्य अनिरुद्र श्रेष्ठ र लेखा समिति संयोजक चन्द्र प्रसाद पौडेल पक्राउ परेका छन् ।
उनीहरु विरुद्ध सहकारी ठगीमा पटक पटक पुरक अभियोगपत्र दर्ता भइरहेको छ । बचतकर्ताले बचत फिर्ता नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन् ।
बचतकर्ताले सहकारी पीडित सङ्घर्ष समितिले बनाएका छन् । समितिका अनुसार संस्थामा करिब ८ हजार बचतकर्ता छन् ।
सहकारी सञ्चालकले मनलाग्दी आफैले र आफन्तले बचत अपचलन गर्ने, कर्मचारीले, अन्य ऋणले बिना धितोकर्जा दिने गरेका थिए । सहकारीका ठगीका आरोपीलाई ७ वर्ष कैद र ७५ हजार जरिवाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा दायर भएको छ ।
प्रतिक्रिया